वैदेशिक सहायतामा संचालित आयोजना
प्रश्न नं ५ बहुपक्षीय सहायता समूह ( Multilateral Aid Group) को सबैभन्दा ठुलो सहयोगी संस्था विश्व बैङ्क समूह ( WB Group) हो । यसले नेपालमा सन् १९६३ मा आफ्नो कार्यालय स्थापना गरी मुलुकको आर्थिक , सामाजिक , पूर्वाधार तथा सुशासनका क्षेत्रमा महत्त्वपूर्ण सहयोग गरिरहेको छ । यस संस्थाले उपलब्ध गराउने सहायताको उपयोग तथा त्यसबाट मुलुकको समग्र विकासमा पर्ने प्रभावका सम्बन्धमा समय समयमा समीक्षा गरी सहायता सम्बन्धी रणनीति तयार गर्ने गर्दछ । यसै क्रममा अहिले सन २०१९-२०२३ सम्मको सहायताको लागि देशीय सहायता रूपरेखा ( Country Partnership Framework) जारी गरेको छ । यस Framework ले मुख्यतया मुलुक सङ्घीय संरचनामा रूपान्तरण भएपछि यसै अनुरूपमा विकास सहायता परिचालन गरी दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्न सघाउने उद्देश्य राखेको छ । नेपाल जस्ता विकासोन्मुख तथा अति कम विकसित मुलुकको लागि यस संस्थाले अन्तर्राष्ट्रिय विकास संस्था ( International Development Association - IDA) मार्फत ऋण तथा अनुदान सहायता परिचालन गर्ने गर्दछ । यसै अनुरूप सन २०१८-२०२० को लागि IDA १८ रणनीति मार्फत १.३ अर्व डलर सहायता उपलब्...